Aamsanchar

मनकामना मन्दिर जाने सडक बाटोकाे ढलान कार्य तिब्र

Author Image
शुक्रवार, जेठ १८, २०८१

सुलीकोट- नेपालको प्रसिद्ध मन्दिर मनकामना मन्दिर जाने सडक बाटो ढलान कार्यले तीव्रता पाएको छ । गोरखा नगरपालिका–१४ को रामशाह घाटदेखि शहिद लखन गाउँपालिका–३ कानटार को सडक ढलानसहित स्तरन्नति भएपछि यात्रा सहज भएको छ । सडक ढलान भएसँगै वर्षातका समयमा हिलाम्मे सडक र भौगोलक अवस्थाका कारण धुलाम्मै सडक भएर यात्रा गर्नु पर्ने अवस्था अन्त्य भएकोे गोरखा सडक योजनाका ईन्जिनियर गोबिन्द श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखा र तनुहँको सिमानबाट दरौदी नदी र मस्याङदी नदीको कुनाबाट मनकामना जाने सडकमा ग्याबिन, रिटनिङ, स्टक्चर र टेबा पर्खाल लगाएर सडक स्तरउन्नति गरिएको छ ।

सडक ढलानले तीव्रता पाएसँगै सडक बाटो भएर यात्रा गर्ने विशेष गरी गोरखाका स्थानियहरुलाई थोरै रकममा मनकामना मन्दिरमा पुगिने भएको गोरखा नगरपालिकाका – १४ स्थानिय हरि खनालले बताउनुभयो । अहिले गोरखाका अधिकांश भक्तजनहरु गोरखबाट, आबुँखैरनी, मुग्लिङ, केबुलकार हुँदै मनकामना धेरै रकम खर्च गरेर जानु पर्ने अवस्था अन्त्य भएको उहाँको भनाइ छ ।

सडक ढलानका साथै स्तरोन्नकिा लागि चालु आर्थिक वर्षको सङ्घीय बजेटबाट सङ्घीय सरकारले तीन करोड १९ लाख ८२ हजार रुपियाँ बरबरको बजेट गोरखा सडक योजना कार्यालय गोरखाले ठेक्कामार्फत आठ सय ८० मिटर ढलान कार्य कार्यान्वयनमा ल्याएको हो ।

सडक फराकिलो ढलानका साथै आरसिसि ढलान नाली र ग्याबीन जाली निर्माण गरेर सडक स्तरोन्नति गरिएको सडक योजना कार्यालय गोरखाका ईन्जिनियर गोबिन्द श्रेष्ठले बताउनुभयो । सडक स्तरोन्नति भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

साँघरो र त्यहि माथि घुम्ति मोड भएकाले हिउँदमा पनि यात्रा गर्न असहज भएको थियो, बर्खामा त झन् सबारी साधन हिलम्मै भएर फस्ने समस्या थियो, “अबदेखि हिउँद र बर्खामा छोटो बाटो कम खर्चमा मनकामना मन्दिर जाने पाइने भएको भट्टाबेशीका स्थानिय राजेन्द्र पन्तको भनाइ छ ।”

सडक योजना कार्यालय गोरखा र निर्माण कम्पनी एलजे एबीसी जे भिमफेदी – २ मकावनपुरले २०८० फागुन ६ गते सम्झौता भएर २०८१ असार ३ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको थियो । त्यहि अनुरुप निर्माण कम्पनीले निर्माण कामलाई तीव्रता दिएको साथै समय सिमाभन्दा अगावै काम सम्पन्न हुने गोरखा सडक योजनाका गोरखाका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर