Aamsanchar

हावाहुरीले तीनसय घर, दुई विद्यालय, एक मन्दिरको छाना उडायाे

Author Image
शुक्रवार, जेठ १८, २०८१

तनहुँ-तनहुँमा बिहीबार दिउँसो र साँझ हावाहुरीसँगै आएको असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । व्यक्तिका घर, गोठ, विद्यालय, कृषि बाली, बिजुलीका पोलमा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार हालसम्म प्राप्त जानकारी हावाहुरीले तीनसय घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाउने तथा भत्काएको छ । चट्याङ्ग पर्दा व्यास नगरपालिका–८ रिस्तीमा एक घरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भएको नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाल लगायतको व्यवस्थापन भइरहेको प्रजिअ गौतमले जानकारी दिनुभयो । हावाहुरीसँगै आएको असिनापानीले विभिन्न किसानले लगाएको तरकारीमा क्षति पुर्‍याएको छ । फल लागेका आप, सुन्तला, लिची अन्य तरकारी बालीमा हावाहुरी र असिनापानीले क्षति पुर्‍याएको छ । हावाहुरीले मानवीय क्षति नभएको प्रजिअ गौतमले बताउनुभयो ।

यस्तै, जिल्लाको विभिन्न स्थानमा हावाहुरीले विद्युत अवरोध बनेको छ । विद्युत पोल तथा तारमा भएको क्षतिले विद्युत प्रवाहमा अवरोध भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । विद्युत सेवा सूचारु गर्न रेग्मीसहितको टोली अवरोध भएको स्थानमा खटिएका छन् । कतिपय स्थानमा सडक अवरोधले गर्दा एम्बुलेन्स रोकिएको जानकारी पाएपछि राती १० बजेसम्म घट्नास्थलमा पुगेर काम गरिरहेको केन्द्र प्रमुख रेग्मीले जानकारी दिनुभयो । ठुला-ठुला रुख ढलेर तारमा लागेकाले पोल समेत ढलेको रेग्मीले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाको वडा नम्बर १० को बैरेनी, वडा नम्बर ७ कलेस्ती, वडा नम्बर ११ को पोल्याङ, वडा नम्बर– १२ को छिर्कने, १३ को पोखरीभञ्ज्याङ लगायतका दर्जनौ स्थानमा विद्युत पोल ढलेर विद्युत सेवा अबरुद्ध भएको तनहुँ वितरण केन्द्रले जनाएको छ । हुरीले रुख ढलेर लाग्दा बन्दीपुर गाउँपालिका–१ भैंसीगोठस्थित खड्गदेवी मन्दिर भत्किएको स्थानीय सूर्य थापाले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर