Aamsanchar

हावाहुरीले दक्षिणी मोरङमा विद्युत अवरुद्ध

Author Image
शुक्रवार, जेठ १८, २०८१

उर्लाबारी-बिहीबार साँझ दक्षिणी मोरङमा आएको हावाहुरीले रङ्गेली वितरण केन्द्रको ३३ केभी प्रसारण लाइनको विराटनगर–रानी–रङ्गेली फिडरतअन्तर्गत रङ्गेली सबस्टेसनमा आउने मुख्य लाइनको टावर र पोलमा पूर्णरुपमा क्षति पुर्‍याएको छ ।

रङ्गेली वितरण केन्द्रका प्रमुख पङ्कजकुमार गोइतका अनुसार रङ्गेलीबाट सिंजुवातर्फ जाने प्रसारण लाइनका १० वटा, कानेपोखरीतर्फ जाने लाइनका तीन वटा र होक्लावारी तर्फका पाँच वटा पोल ढल्दा विद्युत अवरुद्ध भएको छ ।

प्रमुख इन्जिनियर गोइतले भन्नुभयो, ‘‘रातभर काम गरेर कानेपोखरी तर्फ जाने विद्युत सुचारु भएको छ । सिंजुवा, आमवारी, होक्लावारी तर्फ जाने विद्युतका पोल र टावरहरूमा धेरै क्षति भएकाले विद्युत सुचारु हुन समय लाग्ने भएको छ ।’’

११ हजार केभीका सबै पोलहरू मर्मत गरेर साँझसम्ममा विद्युत प्रसारण गर्ने गरी मर्मतको काम भइरहेको उहाँले बताउनुभयो ।

रातभर विद्युत सुचारु गर्न प्राविधिकहरू खटेपनि हालसम्म क्षतिको विवरण सङ्कलन नभएको गोइतको भनाइ छ । पहिलो प्राथमिकता विद्युत सुचारु गर्ने हो । त्यसैले हामी मर्मत तर्फ लागेका छौँ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर