Aamsanchar

रतुवामाई नगरद्वारा दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Author Image
शुक्रवार, जेठ १८, २०८१

उर्लाबारी-दलित समन्वय समितिले रतुवामाई नगरपालिकाले सरकारी विद्यालयमा अध्ययन गरिरहेका बाल कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाका ४१ वटा सरकारी विद्यालयमा पढ्ने दलित समुदायका विद्यार्थीलाई विपन्न विद्यार्थी शैक्षिक सामग्री वितरण कार्यक्रम अन्तर्गत यो कार्यक्रम सुरु गरिएको हो ।

नगर प्रमुख नागेश्वरप्रसाद सिंह गनगाईले वडा नं.३ को महादेवामा बिहीबार शैक्षिक सामग्री वितरण कार्यक्रमको शुभारम्भ गर्नुभयो । नगरले दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणका लागि ५ लाख रुपियाँ विनियोजन गरेको थियो ।

नगरका ७ सय ५० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको दलित समन्वय समिति रतुवामाईका अध्यक्ष थर्कबहादुर विश्वकर्माले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर