Aamsanchar

मोरङमा कोरलीले नब्याउँदै दियो दैनिक अढाई लिटर दुध

Author Image
शुक्रवार, जेठ १८, २०८१

उर्लाबारी-मोरङको पथरीशनिश्चरे –९ रिगुवाकी इन्दिरा गौतमले पाल्नु भएको बाच्छी नब्याएको कोरली गाईले दैनिक अढाई लिटर दुध दिन थालेको छ । गाईले २०८० साल भदौ १० गतेदेखि दैनिक दुध दिन थालको उहाँको भनाइ छ ।

गौतमले पाँच हजार रुपियाँमा स्थानीय पशु हाटबाट ९ महिनाको बाच्छी किनेर ल्याउनुभएको थियो । किनेर ल्याएको सात महिनापछि गाईको फाँचोमा दुध भरियो । गौतमले भन्नुभयो, “पशु चिकित्सकको सल्लाह बमोजिम दुहुन थाल्यौँ । सुरुमा बिहान २५० मिलिमिटर र साँझ २५० मिलिमिटर दुध दिएको गाईले पछि बिहान बेलुका एक–एक लिटर दुध दिन थाल्यो । अरू गाईजस्तै दुध दिन्छ । खाँदा स्वाद फरक छैन । ९ महिना भयो, हाल बिहान मात्र दुध दुन्छौं ।”

पशु विज्ञ केन्द्र मोरङका वरिष्ठ पशु चिकित्सक डा। अजयकुमार साह उच्च हर्मोनको विकासका कारण नब्याएको गाईले दुध दिने गरेको बताउनुभयो । यो अत्यन्तै दुर्लभ केस हो । उहाँले फिल्डमा हिँड्दा अहिलेसम्म मुस्किलले ३–४ वटा गाईमा यस्तो भेटिएको बताउनुभयो । ‘मस्तिष्क ग्रन्थिबाट बन्ने शरीरको रसायन नै झोल बन्छ र दुध बनेर निस्कन्छ । दुध बन्ने प्रक्रिया सबै एउटै हो । तर नब्याएको गाईले हर्मोनमा गडबडी हुँदा दुध दिन्छ’, उहाँले भन्नुभयो । यो दुध खान कुनै समस्या नहुने डा.साहले बताउनुभयो ।

गाईधनी गौतमले पितृ कर्ममा गाईको दुध प्रयोग नगर्न आफूभन्दा बुढापाकाले सुझाएका कारण हालसम्म खानमा मात्र प्रयोग गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर