Aamsanchar

ढुंगाले लागेर महिलाको मृ*त्यु

Author Image
शनिवार, जेठ १९, २०८१

काठमाडौं – रुकुमपश्चिममा निर्माणाधीन सडकको ढुंगाले लागेर महिलाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका-१० की करिब ५२ वर्षीया नौली विकको मृत्यु भएको हो।

शुक्रबार साँझ चौरजहारी नगरपालिका-१३ स्थित आफन्तको घरबाट फर्किने क्रममा घर नजिकै पुगेका वेला माथिबाट आएको ढुंगा लागेर घटनास्थलमै विकको ज्यान गएको वडाध्यक्ष टिकाराम खड्काले जानकारी दिए।

घडेरी–घण्ठाना–तिमीले–चिन्तु कृषि सडक स्तरोन्नतिका लागि स्थानमा डोजरले बाटो खनिरहेको छ। करिब १५० मिटर तलको बाटोमा हिँडिरहेको वेला निर्माणाधीन सडकबाट आएको ढुंगा लागेर उनको मृत्यु भएको हो।

यसअघि पनि सडक निर्माणको क्रममा एक बालकको मृत्यु भएको थियो। घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर