Aamsanchar

सरकारी अस्पतालमा पालो कुर्नुपर्ने लगायतका समस्या समाधान गर्न समिति गठन

Author Image
शनिवार, जेठ १९, २०८१

काठमाण्डौ – सरकारी अस्पतालमा भएका समस्या अध्ययन गर्न समिति गठन भएको छ । सरकारी अस्पतालमा बिरामीले समयमै उपचारका लागि पालो नपाएको र शल्यक्रियाका लागि वर्षौं पालो कुर्नुपर्नेलगायतका समस्यालाई समाधान गर्ने उदेश्यले समिति गठन भएको हो ।

स्वास्थ्य मन्त्रालयकाअनुसार अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित अध्ययन समितिमा डा. मदनकुमार उपाध्याय र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् । समितिले पहिलो चरणमा काठमाण्डौ उपत्यकाभित्रका सङ्घीय अस्पतालहरूको स्थलगत अनुगमन गरेर दुई हप्ताभित्र अध्ययन प्रतिवेदन पेस गर्नेछ ।

समितिले अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवम् अन्य पूर्वाधारको अध्ययन गरी स्वास्थ्य सेवा समयमा नै एवम् गुणस्तरीय रूपमा प्रवाह गर्न सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)