Aamsanchar

फकताङलुङमा सामाजिक शिक्षा सचेतना कार्यक्रम सम्पन्न

Author Image
शनिवार, जेठ १९, २०८१

दुर्गापुर । झापा जिल्ला कनकाई नगरपालिकाको वडा नम्बर सात स्तरीय सरस्वती वडा बाल सञ्जालले हिजो शुक्रबारका दिन बालबिबाह, आत्महत्या , बाल श्रम , लागूऔषध, साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा वडाध्यक्ष सँग बालबालिका कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिका वडा नम्बर सात स्थित फकताङलुङ एजुकेसन फाउन्डेसन विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमलाई २ चरण विभाजन गरि पहिलो चरणमा अभिमुखीकरण कार्यक्रम र दोस्रो चरणमा वडाध्यक्ष सँग बालबालिका कार्यक्रम गरि एकै दिन २ वटा कार्यक्रम सञ्चालन गरिएको वडा बाल सञ्जाल अध्यक्ष सुप्रिम पौडेलले बताए ।

वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा बनाउनको निमित्त वडा नम्बर सातको सहयोगमा सरस्वती वडा बाल सञ्जाल क्रियाशील रुपमा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको र त्यसै बिच बालबालिकाको समस्या , सुझाव , जिज्ञासाहरू सम्बन्धित निकाय सम्म पुर्याएर त्यसै अनुरूप समस्याहरू निराकरण गर्न वडालाई ध्यानाकर्षण गराउँदै बालबालिकाको हक अधिकार सुनिश्चितता हुने निश्वासका साथ सो कार्यक्रम गरिएको कनकाई नगर बाल सञ्जाल आईटी संयोजक तथा सरस्वती वडा बाल सञ्जाल सचिव रिजन तिम्सिनाले बताए ।

बालविवाह , आत्महत्या , लागूऔषध , बाल श्रम , साइबर अपराध अभिमुखीकरण कार्यक्रम को अभिमुखीकरण इलाका प्रहरी कार्यलयका प्रमुख प्रवीण भट्टराईले दिनुभएको थियो । कार्यक्रममा वडाध्यक्ष भीष्मभुषण सिटौला , वडा सदस्य निर्मल आङथुप्पो , बाल कल्याण अधिकार उमानाथ ढकाल , लायन्स क्लब अफ दुर्गापुरका अध्यक्ष त्रिलोचन रिजाल , वडा सचिव तुलसा थापा , फक्तालुङ एजुकेसन फाउन्डेसन बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा नेम्वाङ , प्रिन्सिपल ओमब्रीक्रम नेम्वाङ , भृकुटी मा वि सहायक प्रधानाध्यापक कुमार खरेल , बाल सञ्जाल पदाधिकारी , बाल कल्ब शिक्षक संरक्षक देउकुमारी रुचाल , तारा उप्रेती लगायत विद्यार्थी १०० भन्दा बढिको उपस्थिति रहेको थियो ।
बालबालिकाहरूले वडाध्यक्ष लाई बालविवाह , लागूऔषध बिक्री बितरण , बालिका हिंसा , बालबालिकाको नीति तथा कार्यक्रम , बालसहभागिता , बालमैत्री सूचक अन्तरगत प्रश्न सोधेका थिए ।

सरस्वती वडा बाल सञ्जालका अध्यक्ष सुप्रिम पौडेलको अध्यक्षतामा भएको कार्यक्रम को सञ्चालन सचिव रिजन तिम्सिनाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष अम्बिका गोस्वामीले राखेकी थिइन । कार्यक्रममा सडक नाटक मञ्चन समेत गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर