Aamsanchar

सुनसरीका किसानलाई मकै थन्क्याउने चटारो

Author Image
आइतवार, जेठ २०, २०८१

वराहक्षेत्र-अन्नको भण्डार मानिने सुनसरीमा यतिबेला किसानलाई मकै भाच्न भ्याइनभ्याइ हुन थालेको छ ।वैशाख सकिएसँगै मकै भाँच्न सुरु गरेका किसान हरुलाई पाकेको अगौटे मकै भित्र्याउन चटारो परेको छ । तराईका खेतीयोग्य जमिनमा अगौटे र पछौटे मकै पाक्न सुरु भएपछि किसानलाई मकै भाच्न र थन्क्याउन चटारो परेको हो ।

अगौटे मकै भित्र्याउनुपर्ने भएकाले तराईका जिल्लामा किसानहरु खेतमै व्यस्त हुन थालेका छन् । वैशाख अन्तिमबाटै अगौटे मकै भाँच्न सुरु गरेका किसानहरु मकै भाच्ने, दाउनी गर्ने, सुकाउने र भित्र्याउने काममा व्यस्त छन् । समयमै मल बिउ उपलब्ध हुँदा मकै उत्पादन राम्रो भएको वराहक्षेत्र ९ का किसान जितेन्द्र कविरथले बताउनुभयो । गत वर्षभन्दा यस वर्ष सुनसरीमा मकै उत्पादनमा वृद्धि हुने बताइएको छ ।

खेतभरि पाकेको र पकक्दै गरेको मकै वर्षाले भित्र्याउन नदिने हो कि भन्ने पिर किसानलाई छ । मौसमले साथ दिइरहेकाले सुनसरीका किसानहरु पनि पाकेको मकै भाँचेर थ्रेसर गर्न थालेका छन् । वराहक्षेत्र १० का कृषक प्रेम अधिकारीले भन्नुभयो “अहिले सुनसरीका खेतका फाँटहरुमा मकै भाच्ने, सुकाउने र थ्रेसर गर्ने काममा किसानहरु व्यस्त हुनुहुन्छ ।” तराईका जिल्लाहरुमा मकै बाली भित्र्याउने क्रम असार अन्तिमसम्म रहन्छ । मकै उठाएर किसानहरुलाई बेलैमा धान रोप्ने खेतमा आली लगाउन पनि चटारो छ ।

वराहक्षेत्र १० का वेदनिधि पौडेलले पानी परेर मकै बिग्रिने डरले एक विघाहमा लगाएको हाइब्रेड मकै भाँचेर थ्रेसर गरिसक्नुभएको छ । उहाँले भन्नुभयो “फलेको मकै पानीले बिग्रेला कि भनेर भाँचेर बिक्री गरिसकेको छु ।

तराईका जिल्लाहरुमा किसानहरुले हाइब्रेट जातका बिउ डिकेसी ९०८१, सुपर ९०० एम, अलराउण्ड, राजकुमार, टि एक्स ३६९, टि सिएस् ९२२०, १० भि १० र नेपालमै उत्पादित रामपुर कम्पोजित लगायताका मकैका जातहरु किसानहरुले लगाउँदै आएका छन् ।

मकैखेती अन्य बाली जस्तो हेरचाह गरिराख्नुनपर्ने भएकाले पनि कृषकहरुको आकर्षक बालीका रुपमा मकैखेती पर्दै गएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । नेपालमा खेती गरिँदै आएका बालीहरुमध्ये दोस्रो प्रमुख बालीको रुपम मकै बाली पर्ने गरेको हो । जिल्लाको उत्तरी र दक्षिणी क्षेत्र महेन्द्रनगर, प्रकाशपुर, मधुवन, भोक्राहा, सिङ्गिया, नर्सिङ, बबिया, गौतमपुर, देवानगञ्ज, कप्तानगञ्ज, राजगञ्ज, सिनुवारी, साहेबगञ्जलगायतका स्थानमा किसानहरले व्यावसायिक रुपमै मकैखेती गर्दै आएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसार जिल्लामा यस वर्ष १५ हजार हेक्टर क्षेत्रफलभन्दा बढीमा मकैखेती लगाइएको छ । सुनसरीमा मकै बालीलाई आवश्यक पर्ने हावा, पानी र माटो सुहाउँदो भएकैले मकैबाली फस्टाउँदै गएको छ । २०६३ सालदेखि सुनसरी जिल्लामा मकै, भट्मास उत्पादन कार्यक्रमअन्तर्गत बृहत्तर क्षेत्रमा व्यावसायिक रुपमा मकैबाली उत्पादन कार्यक्रम सुरु गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)