Aamsanchar

दाङ : मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका गुठी पीडित किसानमाथि प्रहरीले गर्याे हस्तक्षेप

Author Image
आइतवार, जेठ २०, २०८१

दाङ – घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसानमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

आज बिहान १० बजे कार्यालयमा ताला लगाउन गएका गुठी पीडित किसानमाथि प्रहरीले लाठी चार्ज गर्दा केही किसान घाइते भएका छन् । किसानले मालपोत र नापी कार्यालय अगाडि आन्दोलन गरिरहेका छन् ।

सरकारले पटक–पटक आफूहरूसँग विभिन्न सम्झौता गरे पनि कार्यान्वयन नगरेकाले तालबन्दी गर्नुपरेको गुठी पीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो ।

तालाबन्दी भएको मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीले घेरेका छन् । आन्दोलनकारीलाई हटाउन प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास र पाँच राउन्ड हवाई फायर गरेको दाङ प्रहरीले जनाएको छ । यो क्षेत्रको स्थिति अहिले तनावग्रस्त छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर