Aamsanchar

वीरगन्ज महानगरद्वारा विषादी र ट्यांकी वितरण

Author Image
सोमवार, जेठ २१, २०८१

वीरगन्ज – वीरगन्ज महानगरपालिकामा केही दिनयता डेंगु, मलेरिया लगायतको संक्रमण देखापर्न थालेपछि विषादी र ट्यांकी वितरण गरिएको छ।

डेंगु र मलेरिया नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पर्साले महानगरका वडाहरुमा विषादी र विषादी छर्कने स्प्रे ट्यांकी वितरण गरेको छ।

सोमबार पहिलो चरणमा कार्यालयले वीरगन्ज महानगरका सहरी भेगका १६ वटा वडा ९१ देखि १६० का लागि १३ लाख रुपैयाँ मूल्यको लामखुट्टे मार्ने बायोडाट नामक विषादी र उक्त विषादी छर्कने स्प्रे ट्यांकी १६ थान वितरण गरेको हो।

 

वीरगन्ज–३ स्थित महानगरको शैक्षिक तालिम केन्द्रमा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्तिनारायण साहले वीरगन्ज महानगरका स्वास्थ्य महाशाखा प्रमुख अनिल यादव, सरसफाई महाशाखा प्रमुख सरफुदिन मियाँ र वडाध्यक्षहरुलाई विषादी र ट्यांकी प्रदान गरेका हुन्।

अहिले महानगरको सहरी भेगमा डेंगुको संक्रमण देखा पर्न थालिसकेकाले त्यसैलाई मध्यनजर गरेर पहिलो चरणमा सहरी भेगका १६ वटा वडामा विषादी र स्प्रे ट्यांकी वितरण गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए।

डेंगु, कालाजार, मलेरिया, इन्स्फ्लाइटिस लगायतका संक्रमणको प्रकोप नियन्त्रणका लागि १६ वटा वडामा विषादी र ट्यांकी वितरण गरिएको र बाँकी १६ वटा वडामा पनि दोश्रो चरणमा ती सामग्री वितरण गरिने उनले बताए।

बाँकी १६ वटा वडाका वडाका वडाध्यक्ष, सरसफाई इन्चार्ज र महिला स्वंयसेविकालाई विषादी छर्ने विधिका बारेमा एक दिने तालिम दिएर विषादी र ट्यांकी वितरण गरिने उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर