Aamsanchar

आजको माैसम : बिहानैदेखि वर्षा, हावाहुरीकाे पनि सम्भावना

Author Image
मङ्गलवार, जेठ २२, २०८१

काठमाण्डौ – देशका केही ठाउँमा आज बिहानैदेखि पानी परेको छ । कोशी, मधेश, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान सबैभन्दा धेरै बाग्मतीको नगरकोटमा १४ दशमलव ९ मिलिमिटर पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । आज दिउँसो काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् बिनु महर्जनले बताउनुभयो । उहाँकाअनुसार मध्यपश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।

आज काठमाण्डौ उपत्यकाको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहने अनुमान छ । यस्तै सुदूरपश्चिम, लुम्बिनी र तराई मधेशका केही ठाउँमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर