Aamsanchar

रुख ढलेर घर च्यापिँदा एक बृद्धकाे घटनास्थलमै मृ*त्यु

Author Image
मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं – कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरमा हुरीले ढालेको रुखले किच्दा वृद्धको मृत्यु भएको छ।सोमबार राति ९ बजेतिर आएको हावाहुरीले रुख ढाल्दा विशालनगरस्थित गल्ली नं ६ मा ७० वर्षका दलु पुरीको ज्यान गएको हो ।

रुख ढलेर घर च्यापिँदा पुरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिए।

वडा नम्बर १ कै गणेशपुर र ज्योति नगरमा पनि एउटा एउटा घरमा क्षति भएको प्रहरीले जनाएको छ ।

सुकुमवासीसीको वस्ती रूपमा बसेका विशाल नगर, गणेशपुर, एकता नगर लगायतका शिविरमा बर्सेनि रुख ढलेर घर भत्किने, मान्छे घाइते हुने र ज्यान नै जाने घटना भइरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)