Aamsanchar

ज्येष्ठ नागरिकहरूलाई वडा कार्यालयले गरायो हलेसी दर्शन

Author Image
मङ्गलवार, जेठ २२, २०८१

ओखलढुङ्गा- ओखलढुङ्गाको सल्लेरीका ज्येष्ठ नागरिकहरूलाई वडा कार्यालयले तीर्थयात्रा गराएको छ । सिद्धिचरण नगरपालिका–८ वडा कार्यालयले ८० वर्षमाथि उमेरका ५६ जना ज्येष्ठ नागरिकलाई खोटाङको हलेसी दर्शन गराउन लगेको हो ।

वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०-०८१ मा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत विनियोजन गरेको एक लाख ४० हजार बजेट मार्फत ज्येष्ठ नागरिकलाई हलेसी दर्शनका लागि लगिएको वडा अध्यक्ष एकराज तामाङले बताउनुभयो ।

ज्येष्ठ नागरिकहरूको रुचि अनुसार हलेसी दर्शनका लागि लगिएको वडा अध्यक्ष तामाङको भनाई छ । साथै वडाका ५७ जना ज्येष्ठ नागरिकलाई सहयोगी टेक्ने लट्टी पनि वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर