Aamsanchar

झापामा विपद् व्यस्थापनको लागि सबै सुरक्षा निकाय तैनाथ 

Author Image
मङ्गलवार, जेठ २२, २०८१

बिर्तामोड । पूर्वी नेपालमा मनसुन भित्रिन अब केही दिन मात्र बाँकी रहेको मौसम पूर्वअनुमान महाशाखाले सूचना गरिसकेको छ । महाशाखाको सूचनाको आधारमा गृहमन्त्रालयले देशै भरि जिल्लाका सुरक्षा निकायमा गठन गरिएको विपद्  व्यवस्था तथा उद्धार टोलीलाई तैनाथ अवस्थामा रहन र उद्धारमा प्रयोग हुने सामाग्रीहरूको उचित व्यवस्थापन गर्न निर्देशन गरिसकेको छ ।

यसै अवस्थालाई मध्यनजर गरेर झापा जिल्लाका तीनवटै सुरक्षा निकाय, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, त्यसैगरी जिल्ला रेडक्रस, जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त अभ्यास टोलीले विपद् सम्बन्धी अभ्यास गरेको छ ।

आज झापाको मेचीनगर १३ र १४ नम्बर वडामा रहेको निचाझोडा सिमसारमा संयुक्त अभ्यास गरिएको हो ।

नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको परिकल्पनामा एकीकृत अभ्यास मनसुन–४ कार्यक्रमअन्तर्गत सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम भएको हो ।
विपद पश्चातको खोज उद्धार र पुनर्स्थापनामा आधारित विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति र जनसमुदायलाई विपद सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।

अभ्यास अन्र्तगत विपद पश्चात खोजी तथा उद्धार सम्बन्धी तीनवटा प्रदर्शन र नेपाल रेडक्रस सोसाइटी झापा शाखाले घाइतेहरूको उपचार र राहत वितरण सम्बन्धी प्रदर्शन गरेको थियो ।
झापामा हुनसक्ने विपदको सामना गर्न जिल्ला रेडक्रसले सम्पूर्ण तयारी गरेको छ । विपदमा परेर पीडित बनेका परिवारलाई पहिलो रचरणका लागि १५ हजार रकम सम्म १ सय परिवारको लागि अवश्य खाद्यान्न बन्दोबस्ती गरिने रेडक्रस झापाका सभापति लोकराज ढकालले आमसंचारलाई बताए ।

प्रमुख जिल्ला अधिकारी, विपद व्यवस्थापन समिति झापाका अध्यक्ष बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नम्बर २१ बाहिनीका बाहिनीपति सहायक रथी युवधीरमान सिंह अधिकारी, अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यात, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेललगायत जिल्ला स्थित रेडक्रस र स्काउट कर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर