दमक । दमक नगरपालिकामा सार्वजनिक सवारी चालक तथा सहचालकको लक्षित स्वास्थ्य परीक्षण तथा मादक पदार्थ सेवन (मापसे) र लागूऔषध परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

दमक नगरपालिका, दमक अस्पताल तथा इलाका प्रहरी कार्यालय दमक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र ट्राफिक कार्यालय दमकको संयुक्त आयोजनामा वडा नम्बर ४ ताराबारी क्षेत्रमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
चेकजाँचका क्रममा ५४ जना चालक तथा सहचालकको परीक्षण गरिएकोमा ३ जना चालक र २ जना सहचालकमा लागूऔषध सेवन (ला.प.से.) पोजेटिभ देखिएको छ। साथै २ जना मापसे समेत फेला परेका छन्।
पोजेटिभ देखिएका चालक तथा सहचालकलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको प्रहरीले जनाएको छ।




Views: 23


