Aamsanchar

आजको माैसम

Author Image
बुधवार, जेठ २३, २०८१

काठमाण्डौ – आज पनि देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरुमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै कोशी, मधेश, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ । राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरु तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गएराति र बिहान बाग्मती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । नेपालमा अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्ग्लादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज पनि तापक्रम ४० डिग्री सेल्सियस आसपास रहने अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर