Aamsanchar

तीनकुनेमा रहेको एक गोदाममा आगलागी

Author Image
बुधवार, जेठ २३, २०८१

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ तीनकुनेमा रहेको एक गोदाममा आगलागी भएको छ ।

आज बिहान साढे ११ बजे तीनकुनेमा रहेको पाँच तले घरको अन्डर ग्राउन्डमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । दिलीपकुमार साहले सञ्चालन गरेको ग्रुप अन ट्रेडिङ डिलरमा आगलागी भएको हो ।

आगलागीमा परि धनुषा घर भई कालिमाटी बस्ने बिक्कर लामा र भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ का उदय श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । आगलागीको कारण र थप क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)