बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका स्थित गौरीशंकर गायत्री स्वरूपाश्रम (संस्कृत विद्यालय) साधुकुटी परिसरमा वृक्षरोपण गरिएको छ । भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय भन्ने यस वर्षको विश्व वातावरण दिवसको नारालाई सार्थक बनाउने उद्देश्यले वृक्ष रोपन गरिएको आयोजकले जनाएको छ ।

बिर्तामोड स्थित इकोम कलेज र इकोम स्कुलको आयोजनामा विविध प्रजातिको बिरुवाहरू रोपन गरेर वातावरण दिवस मनाइएको साधुकुटी कञ्चनगढ धामका अध्यक्ष ज्ञानप्रसाद सुवेदीले जानकारी दिए ।
वृक्षरोपणमा कलेज, स्कुल र इकोम क्लबका विद्यार्थीहरू र शिक्षकहरूको सहभागिता रहेको थियो ।

‘सभ्य समाज र देशको विकास, संस्कारी र शिक्षित बालबालिकाको आधार’ भन्ने नारा अघि सारेर शैक्षिक तथा सामाजिक क्षेत्रमा गर्विलो नाम बनाउन सफल इकोमले हरेक वर्ष वातावरण दिवस मनाउँदै आएको इकोम विद्यालयकी प्रधानाध्यापक प्रमिला बजगाईँले जानकारी दिइन ।




