Aamsanchar

राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा नगर्न सरकारलाई सांसद निशा डाँगीकाे ध्यानाकर्षण

Author Image
बिहिवार, जेठ २४, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा गर्ने गरिएको भन्दै त्यसरी घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभामा बोल्नुहुँदै सचेतक डाँगीले अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले आधार बिनाको पूर्वाधारमा लगानी बन्द गर्नुपर्ने पनि बताउनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री वा मन्त्रीको व्यक्तिगत इच्छा वा चाहानामा नभई निश्चित मापदण्डका आधारमा छनौट गर्नुपर्ने पनि बताउनुभयो ।

सांसद डाँगीले भन्नुभयो, ‘‘आधार बिनाका पूर्वाधारमा लगानी बन्द गरियोस् । अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा नगरियोस् । राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री वा मन्त्रीको व्यक्तिगत इच्छा वा चाहनामा नभई एउटा कङ्क्रिट मापदण्डका आधारमा छनौट गरियोस् । स्रोतको सुनिश्चितता बिना पूर्वाधार आंशिक लगानी गर्नु नागरिकको लागि धोका हो । यो प्रवृत्ति यसै वर्षबाट अन्त्य गरियोस् ।’’

सांसद डाँगीले स्रोतको सुनिश्चितता बिना पूर्वाधारमा आंशिक लगानी गर्नु नागरिकको लागि धोका भएको भन्दै त्यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)