Aamsanchar

कुटपिट गरी हत्या गरेको अभियोगमा धरानका तीन जना पक्राउ

Author Image
बिहिवार, जेठ २४, २०८१

धरान । सुनसरीको धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सोही उपमहानगरपालिका-१९ भिक्टोरिया चोकमा गोपाल लामगादे समेत ३ जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा बुधबार थप उपचारको क्रममा मृत्यु भएको हो प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर