Aamsanchar

सेनाका एक जवानले खुकुरी प्रहार गरी पत्नीको हत्या गरे

Author Image
शुक्रवार, जेठ २५, २०८१

दाङ – दाङको तुलसीपुरमा सेनाका एक जवानले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन्।

तुलसीपुर उपहानगरपालिका ६ बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया पत्नी टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान सवा ८ बजेतिर पत्नीको हत्यापछि सोही खुकुरी लिएर फरार भएका बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शुक्रबार बिहान सवा ८ बजेतिर पत्नीको हत्यापछि फरार रहेका आरोपित व्यक्ति खुकुरी हातमा समाएर गएको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

पत्नीले विवाहेत्तर सम्बन्ध राखेका कारण आवेगमा आई हत्या गरेको शालिकरामले प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर