Aamsanchar

झापामा भारतीय बजारबाट किनेर ल्याएको नुन खुवाउने बित्तिकै २ वटा गाई मरेपछि…

Author Image
शुक्रवार, जेठ २५, २०८१

झापा- शिवसताक्षी नगरपालिकामा ब्याउन लागेका २ वटा गाई मरेपछि अनुसन्धान सुरु भएको छ । बिहीबार शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोकमा किसान शोभा ताजपुरीयाका गाई मरेका हुन् ।

सीमावर्ती भारतीय बजारबाट किनेर ल्याएको नुन खुवाएका कारण ब्याउन लागेका दुई वटा गाई मरेको बताएपछि नगरपालिकाको पशु स्वास्थ्य सेवा टोली सहित नगर उपप्रमुख नरमाया कार्की त्यहाँ पुग्नुभएको थियो । नुन हालेर खोले ख्वाउनसाथ गाईहरू थरथर काम्दै मरेको बताइएको छ ।

नुनका कारण हो या अन्य कारणले गाई मरेका हुन् भन्ने अनुसन्धान गर्न आफूहरूले पशु स्वास्थ्य सेवा शाखालाई निर्देशन दिएको कार्कीले जनाउनुभयो । कुनै रोग फैलिएको हुनसक्छ भनेर यसलाई गम्भीर रूपमा लिइएको उहाँले जनाउनु भयो ।

ताजपुरीयाले गाई बस्तुलाई ख्वाउन भनेर भारतबाट दुहिबोरा नुन लिएर आएको र उक्त नुन नमिलेको पनि बताउनुभएको छ । अन्य नुनजस्तो नुन पनि बिलेको थिएन, ताजपुरसयाले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर