Aamsanchar

फुटबल खेलाडी प्रिती राई नगदसहित सम्मानित

Author Image
शनिवार, जेठ २६, २०८१

धरान-राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रिती राई नगदसहित सम्मानित हुनुभएको छ । शनिबार किराँत राई यायोक्खा सुनसरिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा खेलाडी राई नगदसहित सम्मानित हुनुभएको हो ।

किराँत राई यायोक्खा सुनसरिको अध्यक्ष राजेन्द्र राई, नगरप्रमुख हर्क राज राई, निवर्तमान नगर प्रमुख तिलक राईलगायतले दोसल्ला ओढाएर एक लाख आठ हजारसहित सम्मानपत्रले उहाँलाई सम्मान गर्नुभएको थियो ।

यसैगरी, खेलाडी राईसँगै अन्य विधाको व्यक्तित्वहरु राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वती राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख चन्द्रकुमार राई, इन्जिनियर पारसमणि राई र एमबिई सुवास राईलाई किरात राई यायोक्खा सुनसरिले दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

प्रिती राई नेपालको राष्ट्रिय महिला फुटबलकी प्रभावशाली खेलाडी भएको नगर प्रमुख राईले बताउनुभयो । अझै धेरै नेपालको नाम राख्न सफल हुन अग्रिम शुभकामना दिनुहुँदै खेलाडिहरुलाई हौसला प्रदान गर्न सरकारले व्यवस्थित गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

प्रितीकै उच्च प्रर्दशनले नेपालको महिला फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबलमा उत्कृष्ट प्रर्दशन गर्दै आइरहेको निवर्तमान नगरप्रमुख तिलक राईले बताउनुभयो । यसैगरी अझै धेरै प्रगती र नेपालको नाम राख्न सफल हुन अग्रिम शुभकामना उहाँले दिनुभयो ।

किरात राईहरुको महान् चाड साकेला उँभौली वैशाख पूर्णिमा वा साकेला पूर्णिमाका दिनदेखि सुरु भई धरानलगायत सुनसरीको विभिन्न ठाउँमा साकेला उँभौली मनाउँदै आज शनिबार धरान १७ साकेला पार्कमा समापन कार्यक्रम गर्दै राष्ट्र र समाजका लागि योगदान पुराएको व्यक्तित्वहरुलाई सम्मान गरेको किरात राई यायोक्खा सुनसरिको अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

कार्यक्रममा किरात राई यायोक्खाको केन्द्रिय उपाध्यक्ष तिलक याम्फु राई, धरान १० को वडाध्यक्ष बिबेक राई, नेपाल पत्रकार महासंघ सुनसरिको अध्यक्ष जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर