Aamsanchar

लोकप्रिय मार्गबाट ब्राउन सुगरसहित एक जना पक्राउ

Author Image
शनिवार, जेठ २६, २०८१

इनरुवा- सुनसरीको धरान उपमहानगरपालिका १७ लोकप्रिय मार्गबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जना पक्राउ गरेको छ ।

धरान १७ स्थित ३७ वर्षीय भुपाल न्यौपानेको घर कोठामा लुकाई राखेको अवस्थामा अबैध लागू औषध ब्राउन सुगरसहित न्यौपानेलाई पक्राउ गरिएको हो ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी टोलीले घरकोठामा कानुनी रूपमा चेकजाँच गर्दा ट्रामाडोल– १२ सय क्याप्सुल र ब्राउनसुगर १२ ग्रामसहित न्यौपानेलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर