Aamsanchar

महेन्द्रमोरङ क्याम्पसको गेट अगाडि विद्यार्थीले सरकारी गाडीमा आगजनी गरे

Author Image
आइतवार, जेठ २७, २०८१

विराटनगर – कोशी प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजानी गरेका छन्। आइतबार महेन्द्रमोरङ क्याम्पसको गेट अगाडि विद्यार्थीको केही समूहले गाडी आगजानी गरेका हुन्।

गाडी रोकेर केही एक समूहले गाडीमा ढुंगामुडा गरेर र केही समयपछि गाडीमा आगजानी गरेका हुन्।

पछिल्लो समय रंगेली नगरपालिकामा तोडफोड गरेको र नगर प्रहरीमाथि आक्रमण गरेको अभियागमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेर अभद्र व्यवाहारको मुद्दा चलाएको छ। सोही घटनालाई लिएर विद्यार्थीहरु आन्दोलित छन्। रंगेली नगरपालिकाको घटना विहिवार भएको विद्यार्थीहरुलाई मोरङ प्रहरीले शुक्रबार पक्राउ गरेका हुन्।

निजी विद्यालयहरुले मनपरी शुल्क असुलेको विषयमा नगरपालिकाले चासो नदिएको भन्दै नगरपालिका पुगेका विद्यार्थीहरुले तँहा तोडफोड गरेको प्रहरीको भनाइ छ।

प्रकाउ पर्नेमा रंगेली ६ का २३ वर्षीय राहुल यादव, रुकम यादव, रंगेली ७ का १९ वर्षीय विवेक झा, र रंगेली २ का मिलन मिश्रलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका विद्यार्थीहरुको रिहाइको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले सरकारी गाडी आगजनी गरेका हुन्। कुन विद्यार्थी संगठनले आगजानी गरेका हुन् भन्ने यकिन नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर