Aamsanchar

उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस पुग्याे

Author Image
आइतवार, जेठ २७, २०८१

काठमाडौँ-पछिल्ला दिनमा पानी पर्न छाडेपछि देशैभरको तापक्रम बढ्दै गएको छ। आइतबार उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस पुगेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन पानी पर्ने सम्भावना न्यून रहेकाले तापक्रम बढ्ने सम्भावना छ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार आइतबार सबैभन्दा बढी तापक्रम धनगढीको मापन भएको छ। नेपालगन्जको तापक्रम ४२.६ डिग्री सेल्सियस पुगेको उहाँको भनाइ छ।

उहाँका अनुसार नेपालमा अबको केही दिनमै मनसुन प्रवेश गर्नेछ।

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२