Aamsanchar

कनकाईको कसम मिनी मार्टमा चोरी

Author Image
सोमवार, जेठ २८, २०८१

कनकाई । झापाको कनकाई १ दुर्गापुरमा रहेको कसम मिनी मार्टमा चोरी भएको छ ।

हिजो आइतबार राती मार्केटको पश्चिम दक्षिण तर्फको झ्याल फुटाएर चोरले विभिन्न मालसमान चोरी गरेको मार्टका सञ्चालक दीपक तिम्सिना खत्रीले जानकारी दिए ।

मार्टमा रहेको उपभोग्य बस्तु घिउ, बियर, चुरोट, कस्मेटिक सामान, गल्लामा रहेको नगद २५ हजार रुपैयाँ गरि लाखौं रुपैयाँ बराबरको मालसामानहरू चोरी भएको सञ्चालक खत्रीको भनाई छ ।
खत्रीले घटनाको बारेमा सुरुङ्गा प्रहरीमा निवेदन पेश गरेका छन् । घटनाबारे जानकारी पाउन साथ सुरुङ्गा प्रहरीले घटनाको अनुसन्धान थालेको बताइएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
10
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर