Aamsanchar

भुम्रे माध्यमिक विद्यालयका विद्यार्थीलाई कपाल काट्ने सीप तालिम

Author Image
सोमवार, जेठ २८, २०८१

काठमाण्डौ – स्याङ्जाको वालिङ नगरपालिका–९ मा रहेको भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम शुरु गरेको छ । व्यावहारिक सीपमार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो । जिल्लाकै पुरानो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।

विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्क रूपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै गएको भन्दै भुम्रे माविले प्रयोगात्मक विधिमार्फत विद्यार्थी आकर्षण गर्ने प्रयास गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर