Aamsanchar

तीन दिन अगाडि नै नेपाल भित्रियो मनसुन

Author Image
सोमवार, जेठ २८, २०८१

काठमाण्डौ – यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि तीन दिन अगाडि अर्थात् आज जुन १० तारिखमै भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुन क्रमिक रूपमा केही दिनभित्र देशभर फैलने महाशाखाले जनाएको छ । अघिल्ला वर्षहरूको अनुभवअनुसार पूर्वबाट देशमा मनसुन भित्रिएपछि पश्चिमसम्म पुग्न एक हप्ता समय लाग्छ ।

यस वर्षको मनसुनमा नेपालमा औसतभन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । विभागकाअनुसार यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान छ ।

सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बाग्मती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भू–भागमा सरदर वर्षा हुने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर