Aamsanchar

झडुलामाईमा बस र पिकअप ठोक्किँदा एकजनाको मृ*त्यु

Author Image
मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं – कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ झडुलामाईमा बस र पिकअप ठोक्किँदा एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र ०२-००१ ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप मंगलबार बिहान करिब साढे ५ बजे ठक्कर खाएका हुन्।

घटनामा पिकअपका चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

पिकअपमा च्यापिएका बढईलाई दुई घण्टापछि निकालिएको थियो। घाइतेहरूलाई उपचारका लागि बुटवल पठाएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर