Aamsanchar

सुनकोसीमा नुहाउन गएकी एक महिलाको ढुङ्गामा चिप्लिएर ज्यान गयाे

Author Image
मङ्गलवार, जेठ २९, २०८१

सिन्धुली – सुनकोसी नदीमा नुहाउन गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका -६ हैबारबेसीमा डेरा गरी बस्ने मुकाबहादुर हायुकी श्रीमती ३० वर्षीय चन्द्रकला हायु रहेकी छिन ।

सोमबार दिउँसो सुनकोसी नदीमा नुहाउन जाँदा हायुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । ढुङ्गामा चिप्लिएर नदीमा वेपत्ता भएपछि खोजी गर्दा सुनकोस नदीको बीच भागमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

´नुहाउने क्रममा चिप्लिएर नदीमा डुबेकी हायूको स्थानीय प्रहरी र आफन्तले खोजतलास गरी शव फेला परेको र पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ,’प्रहरी प्रमुख काफ्लेले भने।

 

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हायुको स्थायी घर गोलन्जोर गाउँपालिका ६ कै मेवाबोट हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर