Aamsanchar

अन्तर्राष्ट्रिय एकल महिला दिवस : नेपाली समाजमा अझै पनि एकल महिलाहरूलाई गर्ने व्यवहार रुढीवादी

Author Image
आइतवार, असार ९, २०८१

नेपाल एउटा यस्तो देश हो जहाँ पुरुषको भन्दा महिलाको सख्याँ धेरै छ, राजनैतिक क्षेत्रमा राज्यले महिलाहरुका लागि ३३ प्रतिशत सिट छुट्याएर राखेको भएपनि महिला अधिकार र लैगिंक समानता समबन्धी बिभिन्न ऐन, नियम अनि कार्यान्वयनका पाटाहरु अत्यन्त फितलो छ र कगाजमा नै सिमित छ । आउनुहोस् कुराकानी गरौं।आफ्नो जीवनसाथी गुमाँउदा र साथ छोडिँदाको पीडा एकातर्फ अनि त्यसपछि जीवनमा गरिनुपर्ने दिर्घकालिन संघर्ष र सामाजिक अपहेलनाको सामना अर्कोतर्फ, विश्वभरिका एकल महिलाहरुले एउटा संघर्षशील अनि पीडादायि जीवनका पाटाहरु सहँदै आएका छन्, उनीहरुका लागि समानता र समता आजको विश्वले पैरवी गर्नुपर्ने तथ्य भएको छ ।

हरेक वर्ष जुन २३ लाई विश्वभरि एकल महिला दिवसका रूपमा मनाउने चलन सन् २०११ बाट सुरु गरिएको हो । विश्वभरिका विकासोन्मुख देशका एकल महिलाहरूले गरिबी, हिंसा र स्वास्थ्य समस्या सँग जुझिरहेकोमा यस दिवसले एकल महिलाका पिडासँगको एैक्यवद्धता र त्यसका लागि राष्ट्रहरुसंग पैरवी पनि गर्दछ ।

वर्ष २०२४ को नारा
accelerating the achievement of gender equality (with emphasis on strengthening land and property rights).लैगिंक समानता प्राप्तिका लागि द्रुत परिवर्तन , र यस परिवर्तनका लागि महिलाहरूको जमिन र अन्य सम्पत्तिका समान हक भन्ने तात्पर्य राख्दछ ।

संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर करिब २४ करोड ५० लाख एकल महिला र उनीहरुका ५० करोड बालबालिका विभिन्न खाले पीडामा छन् । त्यसमध्ये ८ करोडभन्दा बढी महिला यौन हिंसा सहन बाध्य छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार लैगिंक अनुपात
राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जसअनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

नेपाली समाजले घरि घरि एकल महिलाहरुको मर्यादामा आँच आउने काम गरेके पाइन्छ, एकल महिलाहरुलाई आरोपहरु थोपर्ने, निर्धो मानेर हेप्ने, बोक्सीलगायतका आरोपहरु लगाउने अनि आफ्नै परिवारजनबाट समेत अमानविय हिंसा भएका प्रशस्त उदहारणहरु हामीले एकादेशवाटै सुनिआएका र देखिआएका कुराहरु हुन् । समानताका मुलधारमा एकल महिलाहरुको पहुँच अभिवृद्धिका लागि सिपमुलक तालिम, जीवीकोपार्जन अभिवृद्धिका कार्यक्रमहरु अनि आर्थिक सशक्तिकरणका अन्य मापदण्डहरु ल्याइन टड्कारो आवश्यक्ता मा छ ।

एकल महिलाहरुको मानव अधिकारको सम्मान र सुरक्षा हामी सबैको दायित्व पनि हो है, एउटा समतामुलक र सम्मानजनक समाज निर्माणार्थ एकल महिलाहरुको मर्यादाको सम्मान गरिन अपरिहार्य रहन्छ, लैगिंक समानता कायम भएको समाज निर्माणार्थ आजको दिनले पैरवी गरोस्, शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर