Aamsanchar

अर्जुनधारामा मन्टेश्वरी तालीम सुरु

Author Image
आइतवार, असार ९, २०८१

अर्जुनधारा – शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाको आयोजनामा ७ दिने मन्टेश्वरी तालीम शनिश्चरे माध्यमिक बिध्यालयको सभाहलमा सुरू  भएकाे छ ।
नगरपालिकसको सर्सत अनुदानमा असार ८ देखि १४ गते सम्म संचालनमा रहने कार्यक्रममा नगरका ५१ जना बालबिकास शिक्षक मध्ये आवेदन दिएका २५ जना बालशिक्षकहरु उत्साह साथ सहभागी भएको कार्यक्रमका अध्यक्ष एवम् शाखा प्रमुख उप सचिब तोयानाथ रेग्मीले बताउनु भएको थियो ।
बिद्यालयको मेरुदण्ड भने कै बालकक्षा या नर्सरी कक्षाका बालबालिका नै हुन यहाँबाट नै बिद्यालय र विद्यार्थीको भबिश्य जोडिएको हुन्छ उनिहरुलाई खेलबाटै विभिन्न बिषय सिकाइ हुने ५/६ घन्टा बिद्यालय मै रहने हुदा सुताउने, उठाउने, नचाउने, गाउने देखि उनिहरुको फोहोर ब्यवस्थापन गर्ने जस्तो आमाको समेत भुमिका रहेको हुदा यस तालीमबाट अझ सिकेर सामुदायिक बिद्यालयलाई हेर्ने दृष्टिकोण शिक्षण कार्यको बिकास होस भन्दै प्रमुख अतिथि अर्जुनधारा नगर उपप्रमुख खडगमाया पराजुलीले तालीमको सफलता सगै शुभकामना व्यक्त गर्नु भएको थियो ।
सात दिन सम्म सन्चालन रहने तालिमको सहजकर्ताको रुपमा अर्गानिक एजुकेसन फाउन्डेसन नेपालका प्रमुख,शिक्षा अभियन्ता अर्जुन भट्ट र कमला देवकोटाले गर्नु हुने छ।  तालीम सफलताका लागी अतिथिहरु नेपाल शिक्षक महासघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री सचिब टंक न्यौपाने,नेपाल शिक्षक संघ अर्जुनधाराकी सुजाता शिवाकोटी नेपाल कर्मचारी परिषद अर्जुनधाराका अध्यक्ष रुद्र प्रसाद पौडेल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको औचित्य तथा स्वागत शिक्षा अधिकृत सुनिता भट्टराईले गर्नु भएको थियो भने सहजीकरण प्राबिधिक सहायक समिरा दाहालले गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)