Aamsanchar

मामाले योजना बनाएर भान्जाको घरबाट २ करोड रुपैयाँ लुटिएको खुलासा

Author Image
मङ्गलवार, असार ११, २०८१

काठमाडौं – भक्तपुरको दधिकोटमा मामाले योजना बनाएर भान्जाको घरबाट नाटकीय रुपमा २ करोड रुपैयाँ लुटिएको खुलासा भएको छ।

असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरबाट २ करोड रुपैयाँ लुटिएको थियो।

लुटपाटमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ का ३० वर्षीय सुजन रसाईली, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका २ का वर्ष ३१ का भीमबहादुर तामाङ, सिन्धुपाल्चोक भोटेकोशी २ कै वर्ष ३८ का कृष्णबहादुर बोहरा र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ३ का वर्ष ३६ का मुनाराज राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

असार ४ गते दिउँसो १ बजेतिर उनीहरू राउतको घरमा सिबिआई प्रहरी भन्दै ३ जना पुगेका थिए। परिवारका सदस्यलाई नियन्त्रणमा लिएर दराजमा राखिएको २ करोड रुपैयाँ लिएर उनीहरू फरार भएका प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए।

पक्राउ परेका सुजन रसाइलीले राउतका मामा कुलबहादुर खत्रीले राउतको घरमा पैसा रहेको थाहा पाएपछि लुट्ने योजना बनाएपछि आफूहरू परिचालन भएको बयान प्रहरीलाई दिएका छन्।

प्रहरीले निजहरुबाट ३६ लाख ३६ हजार, घटनामा प्रयोग भएको बा।प्र। ०२—०४०प.५५३८ र बा.प्र.०२—०३३ प ६१७४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल २ थान, मोबाइल थान १०, लुटिएको रकम बोक्न प्रयोग गरिएको झोला थान २, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरु, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता ३ जोर, खुकुरी एक थान बरामद भएको बताएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर