Aamsanchar

झापा : भण्डार कोठा भित्र टेबल निकाल्ने क्रममा सर्पले डस्दा बालिकाको मृ*त्यु

Author Image
बुधवार, असार १२, २०८१

झापा – झापाको कचनकवल गाउँपालिकामा विषालु सर्पले टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।

वडा नं.३ ठुलो केचना बस्ने हरि प्रसाद राजवंशीको छोरी १२ बर्षिया मनीषा राजवंशीलाई आफ्नै भण्डार कोठा भित्र टेबल निकाल्ने क्रममा विषालु सर्पले डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विषालु सर्पले टोकेको थाहा पाएर परिवारले तत्कालै उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर