Aamsanchar

वानर सेनाका निर्माता झापाका गिरी नेपाल चलचित्र निर्माता संघको केन्द्रिय सदस्यमा मनोनीत

Author Image
बुधवार, असार १२, २०८१

झापा । नेपाल चलचित्र निर्माता संघको केन्द्रिय सदस्यमा झापाका चलचित्र निर्माता युवराज गिरी मनोनित भएका छन् । निर्माता गिरीलाई संघको गत जेठ १४ गतेको बैठकले केन्द्रिय सदस्यमा मनोनित गरेको थियो । गिरीसँगै राजेन्द्र त्रिपाठीलाई पनि संघले केन्द्रिय सदस्य बैठकले मनोनित गरेको थियो । गिरीले यसै वर्ष ठूलोपर्दाको नेपाली चलचित्र वानर सेना निर्माण गरेका थिए । 

संघका अध्यक्ष नबल खड्काले मनोनीत गिरी र त्रिपाठीलाई आज (बुधवार) काठमाडौँस्थित संघको कार्यालय गहना पोखरीमा पदभार तथा सपथग्रहण गराएका हुन् । संघका अध्यक्ष नबल खड्काको अध्यक्षतामा भएको पदभार तथा सपथग्रहण कार्यक्रममा चलचित्र निर्माता, कलाकार, चलचित्रकर्मीलगायत आतिथ्य रहेको थियो ।

संघको अध्यक्षमा नबल खड्का, निवर्तमान अध्यक्ष आकाश अधिकारी, बरिष्ठ उपाध्यक्ष उदयकुमार इङनाम, द्वितीय उपाध्यक्ष दिपेन्द्र के खनाल, महासचिव सुनिलकुमार थापा, सचिव किशन पोखरेल, कोषाध्यक्ष ज्योतिराज राई छन् । संघको प्रथम उपाध्यक्ष संघको आगामी बैठकले मनोनित गर्ने बताइएको छ ।

त्यस्तै संघको कार्य समिति सदस्यमा किरण नेपाल, रामबाबु गुरुङ, खगेन्द्रप्रसाद लामिछाने, माहोत्से गुरुङ, शेखर लामा, दिपशिखा खड्का, दीपकराज गिरी, रबिन्द्रसिंह बानियाँ, कृषा चौलागाईँ, रौनकविक्रम कडेल, र हरिबहादुर मल्ल ठकुरी रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर