Aamsanchar

कचनकवलका चारवटा माविका एसईई दिएका सबै विद्यार्थी फेल

Author Image
शुक्रवार, असार १४, २०८१

कचनकवल । एसईई परिक्षामा झापाको कचनकवल गाउँपालिकाका चारवटा सामुदायीक विद्यालयहरुको नतिजा शून्य आएको छ । कचनकवल गाउँपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार बुद्ध मावि घेराबारी, लक्ष्मी मावि बनियानी, जानकी मावि बालुबाडी र शिव मावि बालुबाडी माविको नतिजा शून्य आएको छ ।

बुद्ध मावि घेराबारीको ११ जना विद्यार्थीहरुमा उत्तीर्ण संख्या शून्य रहेको छ । त्यस्तै, लक्ष्मी मावि ९६ जना विद्यार्थीहरुमा उत्तीर्ण संख्या शून्य रहेको छ । त्यस्तै, जानकी मावि बालुबाडी र शिव मावि बालुबाडीको पनि विद्यार्थी उतिर्ण संख्या शून्य रहेको छ ।
कचनकवल गाउँपालिकामा निजि तथा संस्थागत गरि १६ वटा माविले एसईई परिक्षा दिएका थिए ।

सामुदायिक तर्फ पथरिया माविबाट ५५ जना सहभागी मध्ये १८ जना उत्तीर्ण भएका छन् । लक्ष्मी मावि सुकुनाडिगीबाट ३.६५ जिपिएसहित सामुदायिक तर्फ अध्ययनरत छात्रा हिना बेगमले पालिका उत्कृष्ट नतिजा हात परेकी हुन्। उक्त विद्यालयबाट कुल ११५ जना परिक्षार्थी मध्ये १३ जना उतिर्ण भएका छन्। त्यस्तै, मोति मावि डाँगीबारीबाट ५५ जना सहभागी परिक्षार्थी मध्ये २ जना र महेन्द्र रत्न माविबाट २८ जना सहभागी मध्ये १ जना उत्तीर्ण भएका छन्।

यता संस्थागत तर्फ विद्या निकेतन माविले पालिकै उत्कृष्ट नतिजा हात पारेको छ। विद्यालयमा अध्ययनरत छात्रा स्वक्षा भट्टराईले ३.७८ जिपिएसहित पालिका उत्कृष्ट नतिजा हात पारेकी हुन् । उक्त विद्यालयबाट कुल ३७ सहभागी मध्ये सम्पूर्ण विद्यार्थी सत् प्रतिशत उतिर्ण नतिजा हात पारेको हो। त्यस्तै कचनकवल २ सुकुनाडिगीमा रहेको स्वर्णिम शिक्षा सदनबाट सहभागी १९ जना परिक्षार्थी मध्ये १२ जना उत्तीर्ण भएका छन् भने अन्य ७ जना पूरक परिक्षाको लागि योग्य रहेको विद्यालयले जनाएको छ। यता कचनकवल विद्या मन्दिरबाट सहभागी २३ विद्यार्थी मध्ये १८ जना उत्तीर्ण भएका छन् अन्य ५ जना पूरक परिक्षाको लागि योग्य रहेको विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर