Aamsanchar

दाङको एक स्कुलद्वारा एस.इ.ई. परीक्षामा ३.६० माथि नम्बर ल्याउनेलाई ११ हजार र ४ जिपिए ल्याउने विद्यार्थीलाई २ लाख ५१ हजार पुरस्कार

Author Image
शुक्रवार, असार १४, २०८१

दाङ। दाङको घोराही उपमहानगरपालिका वडा नं १५  भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी हिजो सार्वजनिक माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.मा ३ दशमलव ६० भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेको छ ।

       ३ दशमलव ६० भन्दा माथि जिपिए ल्याउने १६ जना विद्यार्थीहरूलाई जनही ११ हजार रुपैयाँका दरले विद्यार्थी प्रोत्साहन पुरस्कार बितरण गरिएको हो । विद्यार्थीहरूलाई प्रोत्साहन गर्नका लागि विद्यालय सञ्चालक समितिको निर्णय अनुसार ३ दशमलव ६० भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई ११ हजारका दरले र ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लि. को लगानी रहेको ज्योतिपुञ्ज मोडेल स्कुल रामपुरबाट कक्षा ८ को परीक्षामा ३ दशमलव ६० जिपिए भन्दा बढी ल्याउने २ जना विद्यार्थीहरूलाई जनही ५ हजार १ सयका दरले नगद पुरस्कार प्रदान गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लि.का प्रबन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

       शैक्षिक बर्ष–२०८१ को एस.इ.ई. परीक्षामा ४ जि.पि.ए. ल्याउने विद्यार्थीलाई  प्रति विद्यार्थी २ लाख ५१ हजार रुपैयाका दरले प्रोत्साहन पुरस्कार दिने निर्णय भएको प्रवन्ध निर्देशक शर्माले बताउनुभयो । हिजो सार्वजनिक एस.इ.ई परीक्षामा ज्योतिपुञ्जका १६ जना विद्यार्थीहरुले ३ दशमलव ६१ देखि ३ दशमलव ९२ जिपिए, २१ जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६ जिपिए र १४ जना विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २ जिपिए ल्याएका थिए ।

       विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको सभापतित्व एंव प्रा.लि. का अध्यक्ष हेमराज शर्मा प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका प्रवन्ध निर्देशक बालचन्द्र शर्मा, विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी, ज्योतिपुञ्ज मोडेल इङ्लीस स्कूल रामपुरका प्रिन्सिपल शिव भण्डारी, एस.इ.ई. परीक्षामा विद्यालयबाट सवैभन्दा धेरै जि.पि.ए ल्याउने साजवी ढकाल लगायतकाले परीक्षामा सफल हुने विद्यार्थीलाई शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका कोर्डीनेटर तुल्सीप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा एस.इ.ई परीक्षामा पास हुने विद्यार्थीहरुलाई खादा र अविर लगाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा आफ्नो बिषयमा सवै भन्दा बढी जि.पि.ए ल्याउने विद्यार्थीहरुलाई बिषय शिक्षकले आफ्नो तर्फबाट नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

अन्तरविद्यालय हाजिरीजवाफ ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल प्रथम

अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगितामा ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल प्रथम भएको छ । लक्ष्मीपुर युवा क्लबको आयोजनामा आधारभूत तह स्तरीय अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा नवचेतना शैक्षिक बोर्डिङ स्कुल द्वितीय र बालकुञ्ज इङ्लिस बोर्डिङ तृतीय भएका थिए । प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर