Aamsanchar

चारपाने सांङ्गवेद माविको एसईई उत्रिण प्रतिशत ९१.४२, सामुदायिक तर्फ जिल्लामै सर्वोकृष्ट भएको दावी

Author Image
सोमवार, असार १७, २०८१

चारपाने । झापाको बिर्तामोड–२ चारपानेमा रहेको सांङ्गवेद संस्कृत माध्यमिक विद्यालय यस वर्ष एसईई परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालय बन्न सफल भएको छ ।
सांङ्गवेदबाट ३५ जना विद्यार्थीे एसईई परिक्षामा भाग लिएका थिए । भाग लिएका विद्यार्थी मध्ये ३२ जना विद्यार्थी उत्रिण भएका छन भने तीन जना विद्यार्थीे गणित विषयमा फेल भएका छन् । उनिहरुले मौका परिक्षा दिन पाउने छन् ।

बिर्तामोड नगरपालिका भित्र सामुदायिक विद्यालय तर्फ सांङ्गवेदल राम्रो नतिजा ल्याउने उत्कृष्ट विद्यालय भएको बिर्तामोड नगर शिक्षा शाखाले सार्वजनिक गरेको सुचना अनुसार प्राप्त अंकले पुष्टी हुन्छ ।

एसईईमा ३.२ देखि ३.६ जिपिए ल्याउने १० जना, २.८ देखि ३.२ जिपिए ल्याउने १७ जना र ५ जना विद्यार्थीहरुले २.४ देखि २.८ जिपिए ल्याएका छन् । विद्यार्थी उत्रिण प्रतिशत भने ९१.४३ हुन आउछ । उत्रिण प्रतिशतलाई आधार मान्ने हो भने यस पटक पनि सांङ्गवेद जिल्लामै सर्वोकृष्ट नजिता ल्याउने सामुदायिक विद्यालय हुनसक्ने विद्यालय प्रशासनले दावी गरेको छ ।

आज विद्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविराज रेग्मीले उक्त दावी गरेका छन् । त्यसैगरी सहायक प्रधानाध्यापक चुडामणी पौडेल, शिक्षक भरत भट्टराई, श्याम दाहालले पनि सांङ्गवेद झापा जिल्लामै एसईईमा राम्रो नतिजा ल्याउने विद्यालय बनेको भन्दै दावी गरे । झापामा कुन विद्यालयको कस्तो नतिजा भनेर जिल्ला शिक्षा समन्वय कार्यालयले सार्वजनिक गरेको छैन ।

सांङ्गवेद २०६९ सालमा एसईईमा राम्रो नतिजा ल्याउने जिल्लामै सर्वोकृष्ट विद्यालय बनेको थियो ।

२०२८ सालमा स्थापना भएको सांङ्गवेदबाट २०४८ साल देखि विद्यार्थीेहरु एसएलसी (एसईई) परिक्षामा सामेल हुदै आएका छन् ।
कक्षा १२ सम्म पठन पाठन हुदै आएको सांङ्गवेदमा संस्कृतसहित अन्य सामुदायिक विदालयका पठन पाठन हुदै आए सरह विषयहरु पठनपाठन हुदै आएको छ । यस विद्यालयमा आवासीय र घरबाट धाएर आउने विदार्थीहरु अध्ययनरत रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)