Aamsanchar

रोङमा नसर्ने रोग नियन्त्रणसम्बन्धी अभियान सुरु

Author Image
सोमवार, असार १७, २०८१

इलाम- इलामको रोङमा नसर्ने रोग नियन्त्रणसम्बन्धी अभियान सुरु गरिएको छ । इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य कार्यालय इलामको प्राविधिक सहयोगमा पहिलो चरणमा रोङ गाउँपालिकाभित्रका नौ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई नसर्ने रोगको रोकथाम तथा नियन्त्रण र उच्च रक्तचाप व्यवस्थापनसम्बन्धी तालिम दिइएको हो ।

पहिलो चरणमा पालिकाभित्रका स्वास्थ्यकर्मीलाई नसर्ने रोगको पहिचान गरी उपचारका चरणका बारेमा तालिम दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले जानकारी दिनुभयो । विशेषगरी उक्त रक्तचापका कारण लाग्ने ४ प्रकारका रोगमा मुटु तथा रक्तनलीको रोग, मधुमेह, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी छन् । यी रोगका लक्षण भएका रोगीको टोलस्तरमै पहिचान गरी उपचारको पहुँचमा ल्याउनका लागि अभियान सुरु गरिएको शाखा प्रमुख काफलेले जानकारी दिनुभयो । उहाँका अनुसार तालिम प्राप्त स्वाथ्यकर्मीले गाउँगाउँमा गएर नसर्ने रोग भएका बिरामीको पहिचान गरी उपचार सुरु गरिनेछ ।

देशका ७५३ पालिकामध्ये पहिलो पटक रोङ गाउँपालिकामा सुरु भएको अभियानका क्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा। साकार खनालले लुकेर रहेका रोगीको रोग पत्ता लगाउन गाउँगाउँ गएर स्क्रिनिङ गर्नुपर्ने बताउनुभयो । उहाँले उच्च रक्तचापका बिरामीले रोग लुकाउने र औषधी खान नमान्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ूउच्च रक्तचाप नियन्त्रण गर्न हाम्रो खानपान र दैनिक व्यवहारमा परिवर्तन ल्याउन सक्नुपर्दछ ।ू

विश्व स्वास्थ्य सङ्गठन नेपालका निर्देशक डा। रायस पोख्रेलले अभियानले पालिकाभित्रका नसर्ने रोगको समस्या भएका बिरामीको अवस्था थाहा हुने बताउनुभयो । ूपहिलो चरणमा रोग लाग्नै नदिन समुदायमा समेतना जगाउन जरुरी छ,ू निर्देशक डा। पोख्रेलले भन्नुभयो । उहाँले स्वास्थ्य संस्थाको पहुँचभित्र कति बिरामी नसर्ने रोगका छन भन्ने थाहा पाएपछि चरणबद्ध रुपमा उपचार सरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार अभियान सुरु भएको पालिकामा वर्षभरिका लागि आवश्यक पर्ने औषधी समयमै स्वास्थ्य संस्थाहरुमा उपलब्धता गराइनेछ ।

स्वास्थ्य कार्यालय इलामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत आदित्य शाक्यले अहिलेदेखि अभियान थाल्दा समयमै नसर्ने रोग नियन्त्रण गर्न सकिने बताउनुभयो । अभियानमा विश्व स्वास्थ्य सङ्गठनका कोशी प्रदेश संयोजक डा। सङ्गीता राई, मधेश प्रदेश संयोजक डा। कमलेश यादवलगायतले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले स्वाथ्य क्षेत्रका लागि पालिकाले पर्याप्त बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो । उपाध्यक्ष खवासले पालिकाभित्रका नागरिक रोग लागेर उपचारको अभावमा मर्न नपरोस् भनेर पालिकाले स्वास्थ्य क्षेत्रलाई बजेटमै समेटिएको जानकारी दिनुभयो । पालिकाभित्रका स्वास्थ्य कर्मीले आफनो कार्यक्षेत्रमा गएर नसर्ने रोगका बिरामीको खोजी गरी मासिक डायरीमा दर्ता गरी अनलाइनमा दर्ता गर्नेछन् । मासिक रुपमा उच्च रक्तचापको अवस्था थाहा पाउनका लागि अनलाइनमा दर्ता गरी मापन गरिने शाखा प्रमुख काफेले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले पालिकामा यसअघिदेखि नै रोगको खोजी अभियान सञ्चालन गरिंदै आएको जानकारी दिँदै विश्व स्वास्थ्य सङ्गठनसहितको सहयोगमा थालिएको अभियानले थप रोगीको खोजी गर्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, ´स्वास्थ्यको क्षेत्रमा पालिका संवेदनशील भएर लागेको छ, रोग लागेको मात्र थाहा भयो भने नागरिक बचाउन सकिने रहेछ ।`

गाउँपालिकाले गत वर्षदेखि पालिकाका ६ वटै वडामा विशेषज्ञ चिकित्सक सहितको शिविर सञ्चालन गरी रोगीको खोजी अभियान सञ्चालन गर्दै आएको छ । नेपालमा हाल नसर्ने रोगका कारण ७१ प्रतिशत मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा उल्लेख छ । प्रत्येक १० जनामध्ये ७ जनाको ज्यान नसर्ने रोगका कारण हुने गरेको जनाइएको छ ।

२०१९ को सर्वे अनुसार नेपालमा ४७ लाख मानिस उच्च रक्तचापले ग्रसित छन् । जसमध्ये जम्मा ४ लाखले मात्र उपचार पाइरहेको अवस्था छ । यस मध्ये २ लाख बिरामीको मात्र उच्च रक्तचाप नियन्त्रणमा छ । नेपाल सरकारले २०२५ को अन्त्य सम्ममा १५ लाख उच्च रक्तचापका बिरामीको क्रोनिक केयर गरी उपचार गर्ने लक्ष्य लिइएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर