Aamsanchar

बिर्तामोड ७ को बेल्स मोडलमा कक्षा ११ सञ्चालन 

Author Image
बुधवार, असार १९, २०८१

बिर्तामोड ।  झापाको बिर्तामोड ७ स्थित भुसावाडीमा सञ्चालित बेल्स मोडल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको छ । विद्यालयले व्यवस्थापन सङ्काय अन्तरगत कम्प्युटर साइन्स र बिजनेस स्टडी अध्यापन गराउने विद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईंले जानकारी दिए । 

स्थानीय तथा त्यस विद्यालयका विद्यार्थीलाई लक्षित गरेर यस वर्षदेखि कक्षा ११ शुरु गरेको विद्यालयले आगामी वर्षदेखि कक्षा १२ पनि सञ्चालन गर्ने प्रधानाध्यापक प्रसाईंले बताए । विद्यालयले  विशेष गरी बिर्तामोडबाट दक्षिण भेगमा रहेका विद्यार्थीहरूलाई कक्षा १० पछि  सहजताका लागि ११ र १२ कक्षा सञ्चालनमा ल्याएको विद्यालयले जनाएको छ ।
बिर्तामोड ७, ८, ९ र १० नम्बर वडामा सुविधा सम्पन्न निजी विद्यालयमा कक्षा ११ र १२ नभएका कारण सबै सुविधा सम्पन्न उक्त विद्यालयमा न्यनतम शुल्कमा अध्यापन गराउने विद्यालयले जनाएको छ । विशेष गरेर बिर्तामोड –७ का विद्यार्थीलाई प्राथमिकता दिइने गरी कक्षा ११ सञ्चालन गरिएको बताइएको छ । 

शान्त वातावरणमा सञ्चालित वेल्समा यातायातको सुविधा, डिजिटल कक्षा, सबै कक्षामा इन्टरनेटको सुविधा साथै छात्रवृत्तिको समेत ब्यवस्था रहेको विद्यालयका प्रिन्सिपल प्रसाईंले जानकारी दिए ।
हालसम्म कक्षा नर्सरीदेखि १० सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा एक हजार ७५ जना विद्यार्थी अध्यापन रहेका छन् भने शिक्षक र कर्मचारी गरेर ७० जना रहेको जनाइएको छ । हाल कक्षा ११ को व्यवस्थापन सङ्काय अन्तरगत कम्प्युटर साइन्स र बिजनेस स्टडीमा धमाधम भर्ना भइरहेको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)