Aamsanchar

अर्जुनधारामा ‘एक व्यक्ति एक बिमा सहयोग’ अभियान, मेयरद्वारा एक सय जनाको बिमा गरिदिने घोषणा

Author Image
बिहिवार, असार २०, २०८१

यर बलदेवसिंह गोम्देन ।

अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनले नगरका विपन्न वर्गहरूको लागि निशुल्क स्वास्थ्य बिमा सुविधा उपलब्ध गराउन दाता स्वास्थ्य बिमा अभियान ‘एक व्यक्ति एक बिमा सहयोग’ अभियान सुरु गरेका छन् ।
आज (विहिबार) शनिश्चरे अस्पतालमा शल्यक्रिया सहित आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम उद्‌घाटन समारोहमा नगर प्रमुख गोम्देनले एक व्यक्तिले एक व्यक्तिलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवा भावले आर्थिक सहयोग पुर्याउन अभियान सुरु गरिएको बताए ।

प्रमुख गोम्देनले आफ्ना परिवारजनको स्मृतिमा आफ्नो तलब सेवासुविधा बाट प्राप्त रकमले एक सय जना विपन्न वर्गको लागि स्वास्थ्य बिमा गरिदिने घोषणा गरेका छन् । नगर प्रमुख गोम्देनले यस अभियानमा सहयोग गर्न आर्थिक रुपमा सम्मन सबै नगरवासीलाई अभियानमा जोडिन आग्रह पनि गरे ।

नगद ३५ सय रुपैयाँ सहयोग गरेर एक व्यक्तिको लागि स्वास्थ्य बिमा गरिदिनुपर्ने अभियानको उद्देश्य रहेको छ ।
अर्जुनधारा नगरमा रहेका कोही पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने परोपकारी सेवाभावले नगर क्षेत्रका स्थाई बासिन्दा हाल देश र विदेशका विभिन्न स्थानमा कर्मक्षेत्र बनाए बस्दै आएका  दुईसय जना समाजसेवीहरू विपन्न वर्गको लागि स्वस्थ बिमा वापतको आर्थिक सहयोग रमक पठाएको गोम्देनले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर