Aamsanchar

झापामा जाेेत्न लगेकाे गाेरू करेन्ट लागेर म*र्याे

Author Image
आइतवार, असार २३, २०८१

फायल तस्बिर

बिर्तामोड-झापाको कचनकवलमा जोत्न लगेको गोरु करेन्ट लागेर मरेको छ । आइतबार बिहान ८ बजे कचनकवल गाउँपालिका वडा नं ६ मुस्लिम बस्तीमा सडक नजिकमा रहेको विद्युतीय ट्रान्सफर्मरसहितको पोलमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर एउटा गोरु मरेको हो ।

सोही ठाउँ बस्ने लक्ष्मीनारायण राजवंशीको गोरु खेतमा जोत्नलाई लाने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।एउटा गोरुलाई करेन्ट लागेर घटनास्थलमै मरेको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर