Aamsanchar

दमक बहुमुखी क्याम्पसमा अक्षय कोष स्थापना

Author Image
सोमवार, असार २४, २०८१

झापा – दमक बहुमुखी क्याम्पसमा शैक्षिक वृद्धिविकासमा सहयोग पुर्‍याउने उद्देश्यले एक लाख ५० हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरिएको छ । क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष रिता बस्नेत श्रेष्ठले स्वर्गीय ससुराबुवा इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा एक लाख ५० हजार पाँच सय ५५ को कोष स्थापना गर्नुभएको हो ।

क्याम्पसका पूर्वकर्मचारी हरिकृष्ण तिम्सिनाले आफ्ना मातापिताको सम्झनामा ५१ हजार राशिको स्वर्गीय नरपति-विष्णुमाया तिम्सिना स्मृति अक्षय छात्रवृत्ति कोष स्थापना गर्नुभएको क्याम्पसका प्रशासन प्रमुख पदम घिमिरेले जानकारी दिनुभयो । क्याम्पसमा विभिन्न दाताहरूबाट हालसम्म एक दर्जन बढी अक्षय कोष स्थापना गरिएका छन् ।

क्याम्पसको वातावरण सेलले आइतबार आयोजना गरेको वृक्षारोपण कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरी, वातावरण सेलका संयोजक वासुदेव काफ्ले, स्ववियु सचिव दीपक लिम्बू, स्ववियु सदस्य सञ्जय राई, क्याम्पसका प्राध्यापक, विद्यार्थीलगायतको उपस्थिति थियो । वृक्षारोपण कार्यक्रममा क्याम्पस परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)