Aamsanchar

झापाका पालिका उपप्रमुख उपाध्यक्ष बिच असल अभ्यास आदानप्रदान

Author Image
बुधवार, असार २६, २०८१

बिर्तामोड । झापाका स्थानीय तह नगरपालिका र गाउँपालिका जनप्रतिनिधि उपप्रमुख उपाध्यIf सञ्जालको तेस्रो बैठक सम्पन्न भएको छ । हिजो मङ्गलबार दमक नगरपालिकाको आतिथ्यमा तेस्रो बैठक सम्पन्न भएको हो ।

दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईको संयोजकत्वमा आयोजित बैठकबाट आगामी कार्यकालको लागि गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपानेलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । हरेक दुई महिनामा आआफ्नो पालिकाको सफल अभ्यासको चर्चा र अनुभव आदन प्रदान गरेर संयोजक परिवर्तन सञ्जालको कार्यविधि रहेको छ । यस पटकको बैठक भने निर्धारित समय भन्दा धेरै ढिलो आयोजना भएको भन्दै केही उपप्रमुख उपाध्यक्ष हरुले अब देखि बैठक तोकिएको समयमै गर्नुपर्ने माग राखेका छन् ।

बैठक तथा असल अभ्यास आदानप्रदान कार्यक्रमको सहजीकरण संवाद समूह झापाले गरेको थियो ।

कार्यक्रममा असल अभ्यासको बारेमा सहभागी उपप्रमुख उपाध्यक्ष हरुलाई बोल्न दिइएको थियो । बोल्ने क्रममा अधिकांश उपप्रमुख उपाध्यक्ष हरुले यस नयाँ आर्थिक वर्षमा नयाँ नमूना असल अभ्यास कार्यक्रमहरू ल्याउन नसकेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले आगामी आर्थिक वर्षका लागि  निशुल्क गाई गर्भधारण, नरिवल खेती, ६ ठाउँमा तरकारीको बिक्री कक्ष स्थापना, नगर अस्पताललाई सिधा ३ करोड बजेट व्यवस्थापन, तिन वर्षको लागि जीवन वृद्धि कार्यक्रम सञ्चालन गर्ने, ९ वर्ष देखि नबढेको करलाई यस वर्ष पनि नबढाइएको जस्ता कार्यक्रमहरू असल अभ्यास भएको दावी गरे ।

मेचीनगर उपप्रमुख मीना उप्रेतीले आफ्नो कुरा राख्ने क्रममा भनिन ‘सञ्जाल गठन भए पछि उपप्रमुख उपाध्यक्षहरू बिच समस्या सहज रुपमा सम्पादन गराउन सजिलो भएको छ, साझा अभ्यास गर्न साथै असल कामहरूको सिकाइ आदानप्रदानका लागि यो सञ्जालले कमगर्दै आएको छ । उपप्रमुख उपाध्यक्ष हरुलाई कार्यसम्पादन, नीति कार्यक्रम बजेट बनाउदा धेरै चनाखो हुनुपर्ने, बजेट प्रस्तुत गर्ने अधिकार उप लाई दिइएको छ तर कतिपय ठाउँमा प्रमुखले बजेट प्रस्तुत गर्ने गरेको पाइएको छ, आफ्नो अधिकार आफै प्रयोग गर्नुपर्ने, अनुगमन गर्नुपर्ने एक प्रमुख कामको लागि बजेट व्यवस्था गरेको पाइदैन सरोकारवालाहरूको सहभागिता बढाउन बजेट नहुदाँ समस्या हुने गरेको छ, बजार अनुगमनलाई तिव्रता दिन बजेट पनि व्यवस्थापन गर्नुपर्ने ’ सुझाव राख्दै पोखरेलले भनिन ‘अन्य सफल पालिकाहरूको अध्ययन अवलोकनमा जतिसक्दो धेरै पटक जानु पर्छ ।’

त्यस्तै बैठकमा शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्कीले आफ्नो नगरमा कृषकलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने, कालो नुनिया धान खेतीमा प्रोत्साहन, माछा पालन, मौरी पालन र घर नक्सा निकाल्ने कामलाई डिजिटल मार्फत गर्ने गरेको जस्ताकामलाई असल अभ्यासको रुपमा लिइएको भन्दै बैठकमा आफ्ना कुरा साझा गरेकी थिइन ।

गौरीगन्ज गाउँपालिका उपाध्यक्ष पुजन धमलाले कक्षा  १२ निशुल्क पढन पाउने व्यवस्था मिलाईएको, कक्षा ९ का विद्यार्थीहरुलाई साइकल उपहार, छोरी जन्माउनेलाई सम्मान, अभिभावक गुमाएकाहरुको लागि पालिकाले अभिभावगत्व प्रदान गर्ने, सुत्केरी पोषण, स्वंमसेवीका प्रोत्साहन, सडक गुरुयोजना कार्यक्रमहरू असल अभ्यास भएको बताईन ।

कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले कचनकवल हिजो झापाको कर्णली भनेर चिनिन्थ्यो, अहिले सुगम भईसकेको छ । पालिकाको असल अभ्यास काकार्यक्रमहरुमा भुसिया कुकुर नियन्त्रण, साँस्कृति संग्राहलय, हरियो मल (घैया) विरतण, कृषि चुन वितरण, महिला शिक्षक सुत्केरी भएको बेला सट्टा शिक्षक, लागूऔषध नियनत्रणका लागि आमा समूह परिचालन, पशु अस्पताल निर्माण, डिप बोरिङको लागि विद्युत सुविधा रहेको र नयाँ आर्थिक वर्षका लागि जनताले देख्ने, महसुस गर्ने कुनै पनि कार्यक्रम ल्याएन नसकेको बताए ।

त्यस्तै बैठकमा आफ्नो कुरा राख्ने क्रममा कनकाई नगरपालिका उपप्रमुख आशा शार्मा शिवाकोटीले योजना अनुगमनलाई निस्चित बार नै तोकेर अनुगमन गर्ने गरेको, महिला दिवस पालिकाले नै मनाउन थालेको, तिनवटा वडालाई बालमैत्री बनाई सकिएको, फोहोरबाट प्लास्टिकको पेवर्स उत्पादन सुरु गरिएको, पालिकाले कोशेली घरबाट कोशेली बस्तु बिक्री गर्न थालेकोे, सुत्केरी पोषण१८ महिना भित्र ३ हजार र जुम्लिया भएको खण्डमा ४ हजार ५ सय रुपैया बराबर, निशुल्क अक्सिजन, सबै विद्यालयमा योग अभ्यास गराउन गरिएको लगायतका विषयहरु राखेकी थिइन ।

गौरादह नगरपालिकाकी उपप्रमुख जलबर्षा राजवंशीले कृषि शित गृह निर्माणलाई असल अभ्यासको कार्यक्रम भनेकी छन् । त्यसैगरी कुखुरा पालनमा ५० प्रतिशत अनुदान, कृषिवाली प्रर्वधन, अभिभावक विहिन बालबालिकोको संरक्षण जस्ता कार्यक्रहरु रहेको बताइन ।
कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले उपप्रमुख, उपाध्यक्ष सञ्जालको गतिविधि सुस्त बनेको, यस्तो सुस्त हुने हो भने सञ्जाल विगठन गर्नु पर्ने तर्क राखेकी थिएन । मेयर अध्यक्षहरुले उपप्रमुख उपाध्यक्ष हरुलाई अन्डरमा राख्ने गरेको, कतिपय विषहरुमा सहकार्यपनि नगर्ने समस्याहरु धेरै ठाउँमा रहेको पाइएको र आफ्नो अधिकार र हक सुनिस्चित गर्नको लागि सञ्जाल क्रियाशिल बन्नु पर्ने माग राखेकी छन् । 
आफ्नो पालिकोको असल अभ्यास कार्यक्रममा महिलालाई निशुल्क शिलाईकटाई तालिम, जेष्ठ नागरिकहरुलाई सम्मान, एकल महिलालाई शिप तथा प्रविधी उपकरण हस्तान्तरण, अपाङ्गता भएकालाई निशुल्क थेरापी सुविधा, न्यायलयलाई डिजिटल मैत्री बनाइएको जानकारी गराएकी थिइन ।

निवर्तमान संयोजक रेगिना भट्टराई प्रसाई ।

भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीले  अरुको भन्दा फरक अनुभव रहेको बताइन । उनले पहिला आफू निर्वाचनमा होमिएको बेला, आफूलाई आरुले राम्रो मान्छे भनेर चिनाएको र आफूले पनि इज्जत, मान प्रतिष्ठा भएको व्यक्ति भनेर मानेको कतपिय मान्छेहरु समाजले स्वीकार गर्न नसक्ने मुद्धामा मुछिएर न्यायिक समितिमा मुद्धापर्ने गरेको यो जिम्मेवारीले समाज र व्यक्तिहरुलाई बुझ्न पाएको बताइन ।  पालिकाले गरेका असल अभ्यासहरुमा वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारलाई ५० हजार रहात प्रदान, कृषि विषयमा पढदै कमगर्दै कार्यक्रम, सन्थाल समुदाय परिवारको लागि आवास निर्माण, उपमेयर संग विपन्न महिला, कृषक र आमा कार्यक्रम रहेको जानकारी गराएकी थिएन ।

त्यसैगरी बाह्रदशी गाउँपालिका उपाध्यक्ष शान्तिदेवि शिवाकोटीले कृषि विद्युतका लागि ९० लाख बजेट विनियोजन गरेको, तोरी, मकै पकेट क्षेत्र घोेषणा, किशोर किशोरी सँग उपाध्यक्ष, दाहासंस्कारमा निशुल्क दाउरा उपलब्ध, टपरा, माटोको भाँडा बनाउने कामका लागि प्रोत्साहन बजेट, उज्जयालो बाह्रदशीको लागि विद्युत बत्तीको व्यवस्थापन गरिएको जानकारी दिइन ।

त्यसैगरी बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले आफ्नो पालिकामा ४६ कोठे व्यवसायिक भवन, नयाँ प्रशासनिक भवन सञ्चालनको तयारी रहेको बताए । उनले नागरिकको लागि निशुल्क एम्बुलेन र शववहान सेवा सञ्चालनमा रहेको, बनभित्र फलफूलका विरुवा रोप्ने काम, नेपालकै तेस्रो लामो झुलुङ्गेपुल निर्माण शिलन्यास, मेलमिलाव तालिम तथा विद्यार्थीलाई कानुनी शिक्षा,  घरघरमा अपाङ्गता परिचय पत्र वितरण, अध्यक्ष उपाध्यक्ष उज्ज्यालो क्षेत्र तथा हात्ती पिडित क्षेत्रमा विद्युत सेवा शुद्धशान्ति गाउँपालिकोको असल अभ्यास कार्यक्रम रहेको बताए ।

हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले आफ्नो पालिकामा असल अभ्यास कार्यक्रम साखै नभएको बताइन । निशुल्क खानेपानी, स्वाथ्य विमा, खेलकूद सामग्री वितरण र अधुरा कामलाई निरन्तरता दिने कामलाई नै पालिकाले असल अभ्यासको रुपमा लिएको उनको भनाई छ ।

झापा गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यवाहाक अध्यक्ष अन्जु थपलियाले मरिमराउ भएको घरमा २० हजार सरहे राहत, ९ कक्षाका विद्यार्थीलाई साइकल वितरण, मकै जोनको लागि ८० प्रतिशत अनुदान, १२ कक्षा निशुल्क पढाई असल कार्यक्रम मानिएको उनको भनाई छ ।

सञ्जाल बैठकमा झापाका १५ वटा पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरू आवद्ध रहेका छन् । तेस्रो बैठक १४ जना उपप्रमुख उपाध्यक्षहरुहरुको उपस्थिती रहेको थियो भने अर्जुनधारा नगरपालिका उपप्रमुख खड्गमाया पराजुलीको उपस्थिती रहेको थिएन ।

बैठकमा दमक नगरपालिकाको तर्फबाट न्यायिक समिति सदस्य कमल श्रेष्ठले जानकारी गराएका थिए ।
बैठक सञ्चालनका लागि संवाद समूहका संयोजक एकराज गिरी र सहजकता अर्जुन राजवंशीले सहजीकरण गरेका थिए । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)