Aamsanchar

मकवानपुरमा बाढीले बगाएर एक बालिकाको मृ*त्यु

Author Image
बिहिवार, असार २७, २०८१

मकवानपुरमा – बाढीले बगाएर एक बालिकाको मृत्यु भएको छ।

बुधबार दिउँसो मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१८ कि १० वर्षीया रसमती बललाई बरौली खोलाले बगाएको मकवानपुर प्रहरीले जनाएको छ।

उनी खेतमा गएकी र बाढी आएको हेर्न जाँदा खोलाले बगाएको प्रहरीको भनाइ छ। उनको शव घटनास्थलबाट आधा किलोमिटर तल भेटिएको प्रहरीले जनाएको छ। उनको शव अहिले हेटौंडा अस्पतालमा राखिएको छ।

Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर