Aamsanchar

सुनको मूल्य

Author Image
बिहिवार, असार २७, २०८१

काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ।

बुधबार प्रतितोला रु एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार दुई सय निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ। बुधबार प्रतितोला रु एक हजार आठ सय ७० मा कारोबार भएको चाँदीको मूल्य आज भने रु एक हजार आठ सय ८५ निर्धारण भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर