Aamsanchar

ठगी धन्दामा संलग्न एक भारतीय महिला नेपाल–भारत सीमाबाट पक्राउ

Author Image
आइतवार, असार ३०, २०८१

नयाँदिल्ली – भारतको पञ्जावमा विभिन्न ठगी धन्दामा संलग्न एक महिला पक्राउ परेकी छन् । नेपाल हुँदै दुबई भाग्न लागेको पत्ता लागेपछि नेपाल–भारत सीमाबाट उनलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पञ्चाब प्रहरीको वान्टेड सूचीमा रहेकी ती महिला पूर्वी चम्पारणको रक्सौलबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ ।रक्सौलका सबडिभिजनल पुलिस अफिसर (एसडीपी) धीरेन्द्र कुमारका अनुसार सालिका वाधवा नामकी ती महिला भारत–नेपालमैत्री पुलमा पक्राउ परेकी हुन् ।

उनलाई पक्राउ गरेर हरैया प्रहरीलाई हस्तान्तरण गरिएको थियो । उनलाई पञ्जाब प्रहरीले चाँडै हिरासतमा लिने जनाइएको छ ।
उनका गतिविधिबारे अलर्ट जारी भएपछि अध्यागमनले नियन्त्रणमा लिएको बताइएको छ । उनीविरुद्ध गत वर्षको डिसेम्बर ६ मा चण्डीगढमा मुद्दा दर्ता भएको थियो । उनीबारेमा थुप्रै ठगीका उजुरी पञ्जाबमा दर्ता भएको पाइएको प्रहरीको कथन छ । हिन्दुस्तान टाइम्स

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर