Aamsanchar

सुकुम्वासी बस्तीको फोहोर फाल्ने स्थानमा आठ जनाको शव फेला

Author Image
आइतवार, असार ३०, २०८१

नैरोबी (केन्या) –नैरोबीको सुकुम्वासी बस्तीको फोहोर फाल्ने स्थानमा आठजनाको शव फेला परेको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् ।

कार्यवाहक प्रहरी प्रमुख डगलस कान्जाले पत्रकार सम्मेलनमा भने, “तिनीहरूलाई टुक्राटुक्रा पारिएको, सडेको विभिन्न अवस्थामा बोरामा छोडिएको थियो ।”कान्जाका अनुसार, पहिलो ६ शव शुक्रबार र अरू दुई महिलाका शव शनिबार फेला परेको थियो । उनले भने, “म सबै नागरिकलाई आश्वस्त पार्न चाहन्छु कि हामी पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौँ ।”

कान्जाले अनुसन्धानमा सहयोगका निम्ति आह्वान गर्दै यस्ता जघन्य घटनाका दोषीलाई कानुनी कठघरामा ल्याएने बताए ।

गएको महिना सरकारविरोधी प्रदर्शनका क्रममा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएको थियो । जनआक्रोश बढेपछि केन्याका प्रहरी प्रमुख जाफेट कुमेले पदबाट राजीनामा दिएका थिए । कान्जाले यसै साता मात्र पदभार ग्रहण गरेका थिए । रासस/सिन्ह्वा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर